Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

११ प्रतिशत बढ्यो एचआईडीसीएलको नाफा


काठमाडौं। जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को खुद नाफा ११.४ प्रतिशत बढेको छ । उक्त कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७५ करोड २७ लाख रुपैयाँ छ भने सो कम्पनीले गत आर्थिक वर्ष यसै अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा छ भने जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा छ । उक्त कम्पनीको रिटर्न अन इक्वीटी ५.७७ प्रतिशत छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ ।

उक्त कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेका देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको वित्तीय आम्दानी १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने गत वर्षको यहीँ अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो ।

त्यस्तै गत वर्षको दोस्रो त्रैमासमा कन्ट्र्याकवापतको आम्दानी पहिले ४३ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा बढेर १ करोड २३ लाख रुपैयाँ छ ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?