Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

११ प्रतिशत बढ्यो एचआईडीसीएलको नाफा


काठमाडौं। जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को खुद नाफा ११.४ प्रतिशत बढेको छ । उक्त कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७५ करोड २७ लाख रुपैयाँ छ भने सो कम्पनीले गत आर्थिक वर्ष यसै अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा छ भने जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा छ । उक्त कम्पनीको रिटर्न अन इक्वीटी ५.७७ प्रतिशत छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ ।

उक्त कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेका देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको वित्तीय आम्दानी १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने गत वर्षको यहीँ अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो ।

त्यस्तै गत वर्षको दोस्रो त्रैमासमा कन्ट्र्याकवापतको आम्दानी पहिले ४३ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा बढेर १ करोड २३ लाख रुपैयाँ छ ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?