Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

देउसी भैलोबाट सङ्कलित रकमले भवन निर्माण


तनहुँ। व्यास नगरपालिका–१ स्थित डमौली टोल विकास संस्था र उज्ज्वल आमासमूहले भवन निर्माण कार्य सुरु गरेका छन् । देउसी भैलोबाट सङ्कलन भएको रकमबाट भवन निर्माण कार्य अघि बढाइएको हो ।

भवन नहुँदा टोल र समूहको बैठक तथा कार्यक्रम गर्न कठिनाइ भोग्नुपरेपछि भवन बनाउन कस्सिएको डमौली टोल विकास संस्थाका अध्यक्ष भक्त दरैले जानकारी दिदै सो टोल विकास संस्था र आमासमूहको संयुक्त लगानीमा भवन निर्माण कार्य अघि बढाइएको उनले बताएका छन् ।

उक्त भवन निर्माण गर्ने अठोटका साथ विभिन्न माध्यमबाट स्रोत जुटाएर दुवै संस्थाले काम गर्न लागेको उनले बताए । करिब रु २४ लाखमा चार आना जग्गा खरिद गरी अहिले ढलानको काम भइरहेको छ । उनका अनुसार भवन निर्माणपश्चात् संस्थाको कामकाजमा सहज हुनेछ ।

त्यस्तै, गत वर्ष नगरपालिका कार्यालयबाट भवन निर्माणका लागि रु १० लाख आर्थिक सहयोग गरिएको थियो भने आमासमूह र टोल विकास संस्थाको गरी भवन निर्माणमा रु ३२ लाख खर्च हुने देखिएको छ । उक्त टोल विकास संस्थाको तुलनामा आमासमूहको लगानी बढी रहेको टोल विकास संस्थाका सचिव पदमबहादुर अधिकारीले बताएका छन् ।

एक सय १५ घर टोल विकास संस्था र आमासमूहमा आबद्ध छन् । भवन निर्माणका लागि प्रत्येक घरबाट न्यूनतम रु पाँच हजारका दरले रकम उठाइएको छ भने साविक ठूलोगाउँ टोल विकास संस्थाबाट फुटेर विसं २०७६ मा दर्ता भएपछि पहिलो निर्वाचित कार्यसमितिका पदाधिकारीबाट भवन निर्माण कार्य भएको हो ।

उक्त वडामा २९ वटा टोल विकास संस्था रहेका छन् । त्यसमध्ये कुन्छाली, मिलन, सिर्जनशील, अडमपानी, मुसेखोला, चारकुने, रत्यौली, निर्मललगायतले आफ्नै भवन निर्माण गरिसकेका छन् भने तिहारका समयमा देउसी भैलो तथा विदेशबाट आएका लाहुरेबाट खुसी मनले दिएको दान रकमले भवन निर्माण गर्न लागेको उज्ज्वल आमासमूहकी अध्यक्ष चन्द्रकला थापाले जानकारी दिइन् ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?