Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

देउसी भैलोबाट सङ्कलित रकमले भवन निर्माण


तनहुँ। व्यास नगरपालिका–१ स्थित डमौली टोल विकास संस्था र उज्ज्वल आमासमूहले भवन निर्माण कार्य सुरु गरेका छन् । देउसी भैलोबाट सङ्कलन भएको रकमबाट भवन निर्माण कार्य अघि बढाइएको हो ।

भवन नहुँदा टोल र समूहको बैठक तथा कार्यक्रम गर्न कठिनाइ भोग्नुपरेपछि भवन बनाउन कस्सिएको डमौली टोल विकास संस्थाका अध्यक्ष भक्त दरैले जानकारी दिदै सो टोल विकास संस्था र आमासमूहको संयुक्त लगानीमा भवन निर्माण कार्य अघि बढाइएको उनले बताएका छन् ।

उक्त भवन निर्माण गर्ने अठोटका साथ विभिन्न माध्यमबाट स्रोत जुटाएर दुवै संस्थाले काम गर्न लागेको उनले बताए । करिब रु २४ लाखमा चार आना जग्गा खरिद गरी अहिले ढलानको काम भइरहेको छ । उनका अनुसार भवन निर्माणपश्चात् संस्थाको कामकाजमा सहज हुनेछ ।

त्यस्तै, गत वर्ष नगरपालिका कार्यालयबाट भवन निर्माणका लागि रु १० लाख आर्थिक सहयोग गरिएको थियो भने आमासमूह र टोल विकास संस्थाको गरी भवन निर्माणमा रु ३२ लाख खर्च हुने देखिएको छ । उक्त टोल विकास संस्थाको तुलनामा आमासमूहको लगानी बढी रहेको टोल विकास संस्थाका सचिव पदमबहादुर अधिकारीले बताएका छन् ।

एक सय १५ घर टोल विकास संस्था र आमासमूहमा आबद्ध छन् । भवन निर्माणका लागि प्रत्येक घरबाट न्यूनतम रु पाँच हजारका दरले रकम उठाइएको छ भने साविक ठूलोगाउँ टोल विकास संस्थाबाट फुटेर विसं २०७६ मा दर्ता भएपछि पहिलो निर्वाचित कार्यसमितिका पदाधिकारीबाट भवन निर्माण कार्य भएको हो ।

उक्त वडामा २९ वटा टोल विकास संस्था रहेका छन् । त्यसमध्ये कुन्छाली, मिलन, सिर्जनशील, अडमपानी, मुसेखोला, चारकुने, रत्यौली, निर्मललगायतले आफ्नै भवन निर्माण गरिसकेका छन् भने तिहारका समयमा देउसी भैलो तथा विदेशबाट आएका लाहुरेबाट खुसी मनले दिएको दान रकमले भवन निर्माण गर्न लागेको उज्ज्वल आमासमूहकी अध्यक्ष चन्द्रकला थापाले जानकारी दिइन् ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?