Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एएफसी एसिया कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा


काठमाडौं। एएफसी एसिया कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा इन्डोनेशियालाई ४-० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

त्यसैगरी, ४५ औं मिनटमा मार्टिन बोएलले गोल गर्दै पहिलो हाफमा अस्ट्रेलियालाई २-० को अग्रता दिलाए । ८९ औं मिनेटमा क्रेग गुडवीनले गोल गर्दै ३-० ले अघि बढाएका थिए भने दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा हेरी साउटरले गोल गरेपछि अस्ट्रेलिया ४-० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

त्यस्तै, सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले साउदी अरेविया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ  भने अस्ट्रेलियाले अग्रता भने आत्मघाती गोलबाट लिएको हो । इन्डोनेशियाका एल्कन बागोटले आफ्नै पोस्टमा गोल गरेपछि अस्ट्रेलियाले १२ औं मिनेटमा अग्रता लियो ।

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?