Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, दाङ, कास्की र धादिङ जिल्लामा भएका मोटरसाइकल दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

चितवन, भरतपुर महानगरपालिका-१६ शिबघाटस्थित सडकमा बा.प्र. ०३-००१ च ११९७ नम्बरको बलेरो गाडीले बा.प्र.०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, कास्की, रूपा गाउँपालिका-६ घिमिरेथरस्थित सडकमा ग.१४ प १५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सोही गाउँपालिका-७ माझगाउँ बस्ने ३० वर्षीया कृष्णमाया न्यौपानेको मृत्यु भएको छ भने सो दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

धदिङ, गजुरी गाउँपालिका-६ जरेखेतस्थित सडकमा प्र.३-०३-००१ प २६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक रोल्पा सुनिल स्मृति गाउँपालिका-१ घोडागढी बस्ने १९ वर्षीय विशाल केसीको मृत्यु भएको छ ।

त्यस्तै, दाङ, लमही नगरपालिका-३ मझगाउँस्थित सडकमा लु.२ ख ६३७ नम्बरको ट्रक र रा.७ प १४३२ नम्बरको मोटरसाइकल एक(आपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ नर्ती बस्ने ३० वर्षीय सुदन जिसीको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?