Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुँदै


भरतपुर,चितवन। सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका–७ स्थित चित्रसारी खेलमैदानमा यही माघ १८ गतेदेखि महोत्सव सुरु हुन लागेको हो ।

नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरेर क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले बताएका छन् । उनले भने, “नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको छ ।”

उक्त महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी एक सय बढी स्टल रहने जनाइएको छ भने महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने, रु एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ । त्यस्तै, पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा चलचित्र र पर्यटनको विकासका लागि राज्य र निजीस्तरबाट गर्नुपर्ने पहलका बारेमा सुक्ष्मरूपमा छलफल र बहस गरी नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराइने पौडेलले बताए ।

त्यसैगरी, रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा आठ राष्ट्रका चलचित्रकर्मीको उपस्थिति तथा दक्षिण एसियाली क्षेत्रका नवीनतम् कला सृजनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र दक्षिण एसियाली कथाकथनको समृद्धिको उत्सवका रूपमा कथानक चलचित्र, वृतचित्र, लघुचलचित्रबीच प्रतिस्पर्धा गराइने छ भने सो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीनवटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ ।

उक्त महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्टफिल्म अवार्ड वितरण, सार्कस्तरका चलचित्रको प्रदर्शन, चलचित्रकर्मीको जीवनीसम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार र पर्यटन विकाससम्बन्धी अन्तक्र्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी र पश्चिम चितवनका खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता सङ्घका सचिव तथा महोत्सव मूल समारोह समितिका निर्देशक किसान पोख्रेलले जानकारी दिए ।

सो महोत्सव मूल समारोह समितिका सहसंयोजक तथा सौराहाका व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने बताए । क्याराभान नेपालले यसअघि वीरगञ्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शनसम्बन्धी फेस्टिबल गरेको थियो ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?