Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको छः शंकर पोख्रेल


काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोख्रेलले आगामी दिनमा पनि एक चीन नीतिकै पक्षमा रहने बताएका हुन् ।

महासचिव पोख्रेलले नेपालका बारेमा अरूले छर्ने भ्रमबारे चीनले चिन्ता गर्नु नपर्ने बताउँदै नेपाल आफैं सम्बन्ध सञ्चालनमा सक्षम रहेको बताए । उनले आफूहरू दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहेको उल्लेख गरे ।

त्यस्तै, कोभिडका बेला बन्द भएका नाका खोल्न आग्रह गर्दै उनले खुलेका नाका पर्याप्त नभएको बताएका छन् । उनले बीआरआईका सन्दर्भमा परियोजना पहिचानमा पछि परेको र छिटो गर्नुपर्ने पार्टीको धारणा रहेको समेत बताएका छन् ।

 


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?