Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एक हजार भन्दा बढी विपन्नलाई कम्बल वितरण


सर्लाही। जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले अतिविपन्न नागरिकलाई कम्बल वितरण गरेको छ । मधेस प्रदेश सरकारले उपलव्ध गराएको एक हजार दुई सय ८० थान कम्बल अतिविपन्न नागरिकलाई वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिएका छन् ।

प्रजिअ धमलाका अनुसार जिल्लाको मलङ्गवा, बलरा, गोडैता, कविलासी, बागमती, हरिवन र ईश्वरपुर नगरपालिकाका साथै कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, चन्द्रनगर, पर्सा, धनकौल र ब्रम्हपुरी गाउँपालिकाका अतिविपन्न नागरिकलाई एक हजार दुई सय ८० थान कम्बल वितरण गरिएको हो ।

उक्त जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रवीण धिताल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेडक्वार्टर गण सर्लाहीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेलसहितको टोली अतिविपन्न बस्तीमा पुगेर कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?