Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको बिदा


३० फागुन, कैलाली । राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा आगामी चैत १ गते कायम गरिएकामा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले संशोधन गरी आज बिदा दिने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकले बिदा दिने निर्णय गरेको हो ।

होली पर्वको अन्तिम दिन खखडेहरा पर्व मनाइने गरिन्छ । राना थारू समुदायमा जिउँदो होली, मरेको होली र खकडेहराका रूपमा ३८ दिनसम्म होली पर्व मनाइने चलन छ । होली पर्वमा भगवान् श्रीकृष्ण, रामका कथाहरूलाई गीतमा ढालेर गाइने गरिन्छ । जिउँदो होली माघ पूर्णिमादेखि फागुपूर्णिमासम्म महिला–पुरुष मिलेर ढोलको तालमा नाच्दै रातिका बेला गीत गाउँदै मनाउने गरिन्छ ।

होलीको टीकाको दिनदेखि आठौँ दिन खखडेहराको दिनसम्म खेलिने होलीलाई ‘मरेको होली’ भनिन्छ । खासगरी यो होली दिउँसो र राति दुवै समयमा खेल्ने गरिन्छ । फागुपूर्णिमा वा होलीको अन्तिम दिन वा फागुपूर्णिमापछिको आठौँ दिनलाई खखडेहरा पर्वका रूपमा मनाइन्छ । खखडेहरा पर्व विशेषतः होलीलाई पुनः मथुरामै अर्को वर्षसम्मका लागि फिर्ता गरी बिदाइ गर्नु रहेको स्थानीय रामसहाय रानाले बताउनुभयो ।

खखडेहराका दिन बिहानै गाग्री, टायल, खप्टा, सुकेको गोबर, जल गाउँको बाहिर लगेर जम्मा गर्ने चलन छ । त्यो जम्मा गरेको सामग्रीलाई गाउँका अगुवाले फुटाउने गरिन्छ । “यसरी सामग्री फुटाउँदा रोगव्याधि र राक्षसी प्रवृत्ति हराउने विश्वास छ”, उनले भने, “फुटाएका सामग्री फर्केर हेरिँदैन, त्यसपछि घरमा आएर सबैले नुहाइधुवाइ गरी होलिका जलाएको खरानीको टीका लगाइन्छ ।” यो चलन राना थारू समुदायमा पुर्खौँदेखि चल्दै आएको छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?