Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

खट जात्रालाई राष्ट्रिय उत्सव बनाउन प्रधानमन्त्रीलाई आग्रह


काठमाडौं। प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पाल्पामा हुने भगवती जात्रा (खट जात्रा) लाई राष्ट्रिय उत्सवका रुपमा अझ भव्य र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।

एमाले युवा नेता समेत रहेका गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउँदै आग्रह गरेका हुन् । युद्ध मैदानमा जानेबेला देवी भगवतिसँग आशिर्वाद लिएर गएका कर्णेल उजिरसिंहको नेतृत्वको पाल्पाली सेनाले अंग्रेज सेनालाई पराजित गर्न सफल भएपछि उक्त खुसियालीमा तानसेनमा तीनतले श्री ७ रणउजेश्र्वरी भगवती मन्दिर निर्माण गरी बि.सं. १८७७ को कृष्ण जन्माष्टमी तिथि पारेर विजय उत्सवका रुपमा भगवती जात्रा (खट यात्रा) विजय उत्सव मनाइँदै आएको छ ।

त्यस्तै, कर्णेल उजिरसिंह थापा नेतृत्वको पाल्पाली सेना र ब्रिटिश सेना बिच विं.स. १८७१/१८७२ मा पाल्पाको नुवाकोट र रुपन्देहीको जितगढी क्षेत्रमा युद्ध भएको थियो । उनले यस जात्रा समारोहलाई नेपाल सरकारको औपचारिक पर्व, महोत्सवका रुपमा कार्यतालिकामा समावेश गर्नुका साथै समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीको समेत उपस्थिति हुने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

त्यसका लागि नेता गैरेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै ध्यानाकर्षपत्र बुझाएर आग्रह गरेका हुन् ।

p

 

 


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?