Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

खट जात्रालाई राष्ट्रिय उत्सव बनाउन प्रधानमन्त्रीलाई आग्रह


काठमाडौं। प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पाल्पामा हुने भगवती जात्रा (खट जात्रा) लाई राष्ट्रिय उत्सवका रुपमा अझ भव्य र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।

एमाले युवा नेता समेत रहेका गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउँदै आग्रह गरेका हुन् । युद्ध मैदानमा जानेबेला देवी भगवतिसँग आशिर्वाद लिएर गएका कर्णेल उजिरसिंहको नेतृत्वको पाल्पाली सेनाले अंग्रेज सेनालाई पराजित गर्न सफल भएपछि उक्त खुसियालीमा तानसेनमा तीनतले श्री ७ रणउजेश्र्वरी भगवती मन्दिर निर्माण गरी बि.सं. १८७७ को कृष्ण जन्माष्टमी तिथि पारेर विजय उत्सवका रुपमा भगवती जात्रा (खट यात्रा) विजय उत्सव मनाइँदै आएको छ ।

त्यस्तै, कर्णेल उजिरसिंह थापा नेतृत्वको पाल्पाली सेना र ब्रिटिश सेना बिच विं.स. १८७१/१८७२ मा पाल्पाको नुवाकोट र रुपन्देहीको जितगढी क्षेत्रमा युद्ध भएको थियो । उनले यस जात्रा समारोहलाई नेपाल सरकारको औपचारिक पर्व, महोत्सवका रुपमा कार्यतालिकामा समावेश गर्नुका साथै समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीको समेत उपस्थिति हुने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

त्यसका लागि नेता गैरेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै ध्यानाकर्षपत्र बुझाएर आग्रह गरेका हुन् ।

p

 

 


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?