Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेप्से परिसूचकमा लगातार गिरावट


काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।

आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार कम्पनीको एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर ९१ हजार तीन सय ६४ पटकको खरिद बिक्री हुँदा रु तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० बराबरको कारोबार भएको छ । आजको कारोबारमा ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यस्तै, सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ को सेयर मूल्य पाँच दशमलव ०३ प्रतिशतले घटेको छ ।

बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । उक्त कम्पनीको रु २८ करोड ६७ लाखबराबरको कारोबार भएको हो । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको पाँच लाख ९९ हजार सात सय ६१ कित्ता सेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?