Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

शिष्ट बोली वचन एवम् व्यवहारका साथ सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन


काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवम् सामूहिक भावनाका साथ उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा उनले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली वचन एवम् व्यवहार तथा सकारात्मक सोँचका साथ सेवाग्राहीलाई भावनात्मक रूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

उक्त अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवम् सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थ भन्दा पनि पेसागत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालको विकास र सेवा विस्तारको लागि सङ्गठन प्रमुखबाट प्राप्त महत्त्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सोअस्पताललाई स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नबिनतम् प्रविधि र पद्धतिलाई अङ्गीकार गरी स्वास्थ्य वातावरण तथा बिमारीमैत्री सेवा प्रदान गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत कर्मचारीहरू सबैमा सकारात्मक सोँचका साथ काम गर्ने वातावरण बनाउन सदैव प्रयासरत रहेको उनको भनाइ रहेको छ ।

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?