Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

११ वर्षपछि ‘मोदीबेनी’बाट फिल्ममा फर्किंदै रेजिना उप्रेती


काठमाडौं। छायांकनमा जान लागेको फिल्म ‘मोदीबेनी’मा कलाकारको लाइनअप तयार भएको छ । अहिले अभिनय कार्यशाला चलिरहेको फिल्मबाट अमरप्रताप श्रेष्ठले फिल्ममा डेब्यु गर्दै छन् । ११ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले यो फिल्मबाट कमब्याक गर्दै छिन् ।

उनको पछिल्लो फिल्म ‘वरदान’ सन् २०१३ मा रिलिज भएको थियो । कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यकाल काम गरेकी उनले यस बीचमा केही म्युजिक भिडियो, विज्ञापन तथा छोटो फिल्ममा अभिनय भने गरिरहेकी थिइन् ।

त्यस्तै, ओजस थियटरमा दुई नाटकको प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रीत’ नामक वेब–सिरिजमा अभिनय गरेका छन् ।

रेजिनाले उक्त फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन सेयर गर्ने छिन् भने अभिनेता सरोज खनाल पनि फिल्ममा देखिने छन् । उनीसहित कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ भने अन्य शीर्ष कलाकार अडिसनबाट छनोट भएका हुन् ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दै छन् भने आनन्दविक्रम क्षेत्रीले लेखेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन् ।

सो फिल्मको माघ १६ गतेदेखि छायांकन गर्ने तयारी रहेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?