Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

११ वर्षपछि ‘मोदीबेनी’बाट फिल्ममा फर्किंदै रेजिना उप्रेती


काठमाडौं। छायांकनमा जान लागेको फिल्म ‘मोदीबेनी’मा कलाकारको लाइनअप तयार भएको छ । अहिले अभिनय कार्यशाला चलिरहेको फिल्मबाट अमरप्रताप श्रेष्ठले फिल्ममा डेब्यु गर्दै छन् । ११ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले यो फिल्मबाट कमब्याक गर्दै छिन् ।

उनको पछिल्लो फिल्म ‘वरदान’ सन् २०१३ मा रिलिज भएको थियो । कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यकाल काम गरेकी उनले यस बीचमा केही म्युजिक भिडियो, विज्ञापन तथा छोटो फिल्ममा अभिनय भने गरिरहेकी थिइन् ।

त्यस्तै, ओजस थियटरमा दुई नाटकको प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रीत’ नामक वेब–सिरिजमा अभिनय गरेका छन् ।

रेजिनाले उक्त फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन सेयर गर्ने छिन् भने अभिनेता सरोज खनाल पनि फिल्ममा देखिने छन् । उनीसहित कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ भने अन्य शीर्ष कलाकार अडिसनबाट छनोट भएका हुन् ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दै छन् भने आनन्दविक्रम क्षेत्रीले लेखेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन् ।

सो फिल्मको माघ १६ गतेदेखि छायांकन गर्ने तयारी रहेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?