Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

हेटौँडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति गरिँदै


धुलिखेल। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्ड स्तरोन्नति भइरहेको छ ।

उक्त गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बिपी राजमार्गको चारसयबेँसी अमलटार लेकपानी सडक निर्माणकार्य भइरहेकाले सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको बताएका छन् । त्यस्तै, रु ५१ करोड ४४ लाख ८३ हजारको लागतमा पूर्वाधार विकास कार्यालयबाट ठेक्का पाएको सिद्धबाबा ग्रिनतार जेभीले पहिलो चरणमा उक्त सडकखण्ड आगामी २०८३ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सो सम्झौताअनुसार सडक निर्माणसँगै रिटेनिङ वाल, स्ल्याब कल्भर्ट, ह्युमपाइपलगायतका संरचना निर्माण गर्नुपर्ने छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभासदस्य रत्न ढकालले गत मङ्सिर ३० गते संयुक्त रूपमा सो सडकखण्ड शिलान्यास गरेका थिए ।

त्यस्तै, अमलटारहुँदै खार्पाचोक–लेकपानी–सुगुरेसम्म जाने सडक निर्माणका लागि १०–१२ वर्षअघि स्थानीय बासिन्दाले चन्दा उठाएर सुरु गरेकामा अहिले प्रदेश सरकारको गौरवको आयोजनाभित्र परेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?