Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सोनाम ल्होछारको अवसर पारेर ‘प्रथम ल्होछार कप’ फुटबल प्रतियोगिता आयोजना हुने


काठमाडौं। तामाङहरुको महान् पर्व सोनाम ल्होछारको अवसर पारेर ‘प्रथम ल्होछार कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ २० गतेदेखि २७ गतेसम्म मकवानपुरको गढन सहिद स्मृति खेल मैदानमा आयोजना हुनेछ ।

त्यस्तै, आयोजक नाङ्साल युवा क्लवले सुचना जारी गर्दै समूह दर्ताको लागि आह्वान गरेको छ । समूह दर्ता शुल्क पाँच हजार लाग्ने छ भने दर्ता मिति माघ १६ गतेसम्म रहने जानकारी गराएको हो । उक्त प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कार सँगै पहिलो ल्होछार कप पाउने आयोजकले जानकारी गराएको छ । त्यसैगरी, उपविजेता टिमले ३० हजार पुरस्कार प्राप्त गर्नेछ ।

नाङसाल युवा क्लबको आयोजना तथा बागमती गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयको प्रायोजनमा हुन लागेको पहिलो ल्होछार कप खुला फुटबल प्रतियोगिता तामाङ भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको नाङसाल युवा क्लबका अध्यक्ष देव लामाले बताएका छन् ।

आयोजकले माघ १८ गते खेल तालिका सार्वजनिक गर्ने जनाएको छ भने विगत भन्दा फरक तरिकाले ल्होसार पर्वलाई मनाउने हेतु प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताएका छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?