Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सोनाम ल्होछारको अवसर पारेर ‘प्रथम ल्होछार कप’ फुटबल प्रतियोगिता आयोजना हुने


काठमाडौं। तामाङहरुको महान् पर्व सोनाम ल्होछारको अवसर पारेर ‘प्रथम ल्होछार कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ २० गतेदेखि २७ गतेसम्म मकवानपुरको गढन सहिद स्मृति खेल मैदानमा आयोजना हुनेछ ।

त्यस्तै, आयोजक नाङ्साल युवा क्लवले सुचना जारी गर्दै समूह दर्ताको लागि आह्वान गरेको छ । समूह दर्ता शुल्क पाँच हजार लाग्ने छ भने दर्ता मिति माघ १६ गतेसम्म रहने जानकारी गराएको हो । उक्त प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कार सँगै पहिलो ल्होछार कप पाउने आयोजकले जानकारी गराएको छ । त्यसैगरी, उपविजेता टिमले ३० हजार पुरस्कार प्राप्त गर्नेछ ।

नाङसाल युवा क्लबको आयोजना तथा बागमती गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयको प्रायोजनमा हुन लागेको पहिलो ल्होछार कप खुला फुटबल प्रतियोगिता तामाङ भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको नाङसाल युवा क्लबका अध्यक्ष देव लामाले बताएका छन् ।

आयोजकले माघ १८ गते खेल तालिका सार्वजनिक गर्ने जनाएको छ भने विगत भन्दा फरक तरिकाले ल्होसार पर्वलाई मनाउने हेतु प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताएका छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?