Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

डोलिडारको परामर्शदाता छनोटमा चलखेल भएको भन्दै अख्तियारमा उजुरी


काठमाडौं। डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी) को परामर्शदाता छनोटमा चलखेल भएको आरोप लागेको छ ।

सहरी विकाश मन्त्रालय अन्तर्गतको डोलिडारको परामर्शदाता छनोटमा चलखेल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उक्त उजुरीकर्ताले ‘चलखेलबारे छानबिन गर्न आग्रह’ गरेका छन् । एडीबीको ऋण सहयोगमा सञ्चालित कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी) को परामर्शदाताका लागि ८० करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै डोलिडारका आयोजना प्रमुख मोहनदत्त भट्ट र महानिर्देशक माधव भट्टराइले चलखेल गरेर इआरएमसी, इटेको र स्वाइल टेष्ट जेभीलाई परामर्शदाता छनोट गर्नेगरी काम गरेको उजुरकर्ताले जिकिर गरेका छन् । चलखेलबारे २०८० कार्तिक १६ मा उजुरी दर्ता गराए पनि आयोगले त्यसबारे छानबिनमा आनाकानी गरेको छ । जिम्मेवार अधिकारीहरूले परामर्शदाता छनोट सम्बन्धी गोप्य मापदण्ड नै बाहिर ल्याएको उजुरकर्ताको आरोप छ ।

परामर्शदाता सम्बन्धी आर्थिक प्रस्ताव माघ १४ मा खुल्दैछ । इन्भाइरोमेन्ट रिसोर्स मेनेजमेन्ट कम्पनी (ईआरएमसी) सिक्टा सिँचाइ आयोजनाले कालो सूचीमा राखेको कम्पनी हो । सो डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट सडक आयोजना हो ।

सो आयोजनाले ३२ भन्दा बढी जिल्लाका ग्रामीण सडकको काम गरिरहेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?