Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

डोलिडारको परामर्शदाता छनोटमा चलखेल भएको भन्दै अख्तियारमा उजुरी


काठमाडौं। डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी) को परामर्शदाता छनोटमा चलखेल भएको आरोप लागेको छ ।

सहरी विकाश मन्त्रालय अन्तर्गतको डोलिडारको परामर्शदाता छनोटमा चलखेल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उक्त उजुरीकर्ताले ‘चलखेलबारे छानबिन गर्न आग्रह’ गरेका छन् । एडीबीको ऋण सहयोगमा सञ्चालित कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (आरसीआइपी) को परामर्शदाताका लागि ८० करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै डोलिडारका आयोजना प्रमुख मोहनदत्त भट्ट र महानिर्देशक माधव भट्टराइले चलखेल गरेर इआरएमसी, इटेको र स्वाइल टेष्ट जेभीलाई परामर्शदाता छनोट गर्नेगरी काम गरेको उजुरकर्ताले जिकिर गरेका छन् । चलखेलबारे २०८० कार्तिक १६ मा उजुरी दर्ता गराए पनि आयोगले त्यसबारे छानबिनमा आनाकानी गरेको छ । जिम्मेवार अधिकारीहरूले परामर्शदाता छनोट सम्बन्धी गोप्य मापदण्ड नै बाहिर ल्याएको उजुरकर्ताको आरोप छ ।

परामर्शदाता सम्बन्धी आर्थिक प्रस्ताव माघ १४ मा खुल्दैछ । इन्भाइरोमेन्ट रिसोर्स मेनेजमेन्ट कम्पनी (ईआरएमसी) सिक्टा सिँचाइ आयोजनाले कालो सूचीमा राखेको कम्पनी हो । सो डोलिडार अन्तर्गतको रुरल कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट सडक आयोजना हो ।

सो आयोजनाले ३२ भन्दा बढी जिल्लाका ग्रामीण सडकको काम गरिरहेको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?