Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आम जनता पार्टीद्वारा आह्वान गरिएको बन्दको रौतहटमा आंशिक प्रभाव, २१ प्रदर्शनकारी प्रहरी नियन्त्रणमा


रौतहट। पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एक दिने मधेस प्रदेश बन्दको रौतहटमा आंशिक प्रभाव परेको छ। बैंक तथा वित्तीय संस्थाको ब्याज फिर्ता गर्न, लघुवित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको हो ।

उक्त जिल्ला सदरमुकाम गौर बाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगतको तुलनामा कम चलेको छ भने पसल व्यापारिक प्रतिष्ठानहरू पूर्ववत् चलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् । सो जिल्लाको मुख्य बजार गरुडा कटहरियामा पनि साना ठुला पसलहरू सञ्चालनमा रहेको छ।

त्यस्तै, बन्दलाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरू सदरमुकाम गौर लगायत विभिन्न स्थानमा आज बिहानै देखि टायर बालेर प्रदर्शन गरेका थिए। कटहरियाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेको छैन। कटहरियाबाट आज बिहान एउटा टाटासुमो काठमाडौंको लागि खुलेको छ भने नारायणघात, हेटौँडा, वीरगन्ज जाने बसहरू नचलेको काउन्टर इन्चार्ज बसरुदिन अन्सारीले बताएका छन्।

उक्त जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार पूर्व पश्चिम राजमार्गमा विगतको तुलनामा कम सवारीसाधन चलेको छ भने गौर चन्द्रपुर सडक खण्डमा पनि चल्ने गाडीको सङ्ख्या कम देखिएको छ। यसैबिच मधेस बन्द सफल पार्न बिहानै रौतहटको सदरमुकाम गौर , शुकदेव चौक, चन्द्रपुर लगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका २१ जना आजपा कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्।

गिरीका अनुसार बन्दको खासै प्रभाव परेको छैन । बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरूले बुधवार साँझ गौर, गरुडा, चन्द्रनिगापुरमा मसाल जुलुस प्रदर्शन गरेका थिए।

बैंक तथा वित्तीय संस्थाको ब्याज फिर्ता गर्न, लघुवित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि विभिन्न खाले आन्दोलन गर्दै आएको छ ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?