Trending
>>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


काठमाडौं। मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एक जनाको मृत्यु भएको छ । सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका-७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, अनियन्त्रित भइ मोटरसाइकल नालीमा पल्टँदा सिकिस्त घाइते भएका साहको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो । मोटरसाइकलको तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यसैबीच,बाक्लो हुस्सुका कारण सवारी सञ्चालनमा कठिनाइ भइरहेको भन्दै प्रहरीले सवारी साधन चलाउँदा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?