Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


काठमाडौं। मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एक जनाको मृत्यु भएको छ । सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका-७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, अनियन्त्रित भइ मोटरसाइकल नालीमा पल्टँदा सिकिस्त घाइते भएका साहको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो । मोटरसाइकलको तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यसैबीच,बाक्लो हुस्सुका कारण सवारी सञ्चालनमा कठिनाइ भइरहेको भन्दै प्रहरीले सवारी साधन चलाउँदा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?