Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता सुरु


२९ फागुन ,सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा आजदेखि कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता २०७९ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोसी प्रेदशसभा सदस्य एकराज कार्कीले गरेका थिए ।

लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजेता टोलीले रू ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, द्वितीय हुने टोलीले रू ३० हजार ट्रफी र प्रमाणपत्र र तृतीय हुने टोलीले रू सात हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजयीले रू ३० हजार, द्वितीयले रू १५ हजार र तृतीय हुने टोलीले रू पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा ३६ वटा टोलीको सहभागिता रहेको कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।

प्रतियोगितामा झापासहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी छन् ।

लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्टिक ३२५ ‘सी’ का क्याबिनेट सेक्रेटरी लीला चिमरिया, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, मेहरमान स्मृति प्रतिष्ठानका सल्लाहकार कुलबहादुर खड्का, मेहरमान ब्याडमिटन क्लबका अध्यक्ष दिलेन्द्र कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?