Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता सुरु


२९ फागुन ,सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा आजदेखि कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता २०७९ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोसी प्रेदशसभा सदस्य एकराज कार्कीले गरेका थिए ।

लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीका अनुसार प्रतियोगिताका विजेता टोलीले रू ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, द्वितीय हुने टोलीले रू ३० हजार ट्रफी र प्रमाणपत्र र तृतीय हुने टोलीले रू सात हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजयीले रू ३० हजार, द्वितीयले रू १५ हजार र तृतीय हुने टोलीले रू पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा ३६ वटा टोलीको सहभागिता रहेको कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।

प्रतियोगितामा झापासहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी छन् ।

लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्टिक ३२५ ‘सी’ का क्याबिनेट सेक्रेटरी लीला चिमरिया, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, मेहरमान स्मृति प्रतिष्ठानका सल्लाहकार कुलबहादुर खड्का, मेहरमान ब्याडमिटन क्लबका अध्यक्ष दिलेन्द्र कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?