Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

वडामै पुगेर योजना सम्झौता


स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो । गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ ।

स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोलटोलमा पुगेर योजना सम्झौता गरेको वडा नं ३ भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिनुभयो । “गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरु वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँसभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ”, अध्यक्ष मगरले भन्नुभयो । आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिसहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसुस स्थानीयवासीले गरेका छन् । गाउँपालिका अध्यक्ष थामप्रसाद राईसहितको टोलीले अहिलेसम्म पालिका वडा नं ३ भुल्के, वडा नं ७ बासिखोरा, वडा नं ५ मानेभञ्ज्याङ, वडा नं ६ बैकुण्ठे र वडा नं ८ गरी ४० वटा योजना सम्झौता गरिसकेको छ । पालिकाको वडा नं ४, १ र २ नं वडामा योजना सम्झौता गर्न बाँकी छ ।

वडा तहबाट योजना सम्झौता गर्नका लागि पालिका पुग्न एक दिन नै लाग्ने र खर्चसमेत हुने समस्या हटेकाले स्थानीय खुसी भएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले पहिलो गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजना सम्झौता टोलटोलमा नै पुगेर गर्ने निर्णय गरेका थिए ।


प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?