Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

काठमाडौं मलका व्यवसायीमाथि महानगर प्रहरीको हातपात


काठमाडौं। काठमाडौं मलका व्यवसायीमाथि काठमाडौं महानगरपालिका प्रहरीले हातपात गरेको आरोप लागेको छ । महानगर प्रहरीले हातपात गरेको भन्दै सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भई प्रदर्शन गरेका हुन् ।

त्यस्तै, व्यवसायीहरुले आफूहरु सञ्चय कोषको काठमाडौं मलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताएका छन् ।

त्यस्तै काठमाडौं मल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरुलाई आतंककारी शैलीमा धरपकड गरेको बताएका छन् । उनले महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरुमाथि हातपात गरेको बताए ।

व्यवसायी श्रीधर पोख्रेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरुलाई अपमान गरेको बताए । उनले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरुमाथि धरपकड गरेको बताएका छन् ।

त्यस्तै अर्का व्यवसायी मुरारी कोइरालाले सञ्चय कोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरु व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए । उनीहरुले महानगर र सञ्चय कोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?