Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघद्वारा प्रजिअलाई ज्ञापनपत्र


काठमाडौं। नेपाल विद्यार्थी संघले माइतीघरलाई घोषणा गरिएको निषेधित क्षेत्र हटाउन माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ।

उनीहरूले शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक र मौलिक अधिकार रहेको उल्लेख गर्दै जनआन्दोलनको बलमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि स्वेच्छाचारिताबिरुद्ध न्यायका पक्षमा आवाज उठाउने साझा थलोका रूपमा माइतीघर मण्डला रहेको बताएका छन्।

उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न सर्वोच्च अदालतले नै अनुमति दिइसकेको अवस्थामा सरकारले उक्त क्षेत्रलाई निषेधित क्षेत्र भनी घोषणा गर्नु कानुनविपरीत रहेको भनी जिकिर गरेका हुन्।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?