Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ (प्रकाउ पर्नेहरुकाे सूचीसहित)


काठमाडौं। माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले प्रहरीले नियन्त्रणमा लिएको छ ।  माइतीघरमा प्रदर्शन गरेका संघका दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिएका छन् । प्रहरीले नियन्त्रण लिएकाहरुलाई प्रहरी पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको छ ।

त्यसैगरी, लोकतन्त्रमा सिभिक स्पेस्को सङ्कुचन गर्न नहुने माग सहित हुनेहरु विरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लक्षित ‘हामी पनि यहाँ छौ’ भन्दै संघले विरोध गरेको थियो भने माइतीघर मण्डला स्थान मात्रै नभई अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्पेस भएको उनीहरुले प्लाकार्ड मार्फत जनाएका थिए ।

स्वेच्छाचारी विरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोको निषेधाज्ञा हटाउनुपर्ने माग सहित विरोध गरेको संघका नेविसंघ केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराएका छन् ।  माइतीघर खुला हुनुपर्ने माग सहित विरोधमा उत्रनेहरुमा महामन्त्री गगन थापा निकटका हुन् ।थापा निकटका संघका नेताहरुले यसअघि विश्वविद्यालयको उपकुलपति खुला आवदेनबाट नियुक्त गर्दै विभिन्न कार्यक्रम गरेका थिए ।

 प्रकाउ पर्नेहरु:
सुवास पौडेल – ने .वि. संघ केन्द्रीय सदस्य
सुशान्त आचार्य – – ने .वि. संघ केन्द्रीय सदस्य
मनोज पूरी – – ने .वि. संघ केन्द्रीय सदस्य
साजन तामाङ _ – ने .वि. संघ केन्द्रीय सदस्य

विन्दा बोगटी — – ने .वि. संघ केन्द्रीय सदस्य
बासुदेव न्यौपाने – – ने .वि. संघ केन्द्रीय सदस्य
जीवन सुवेदी – – ने .वि. संघ केन्द्रीय सदस्य

विजेन् किसी -;- ने .वि. संघ केन्द्रीय सदस्य
गोविन्द कोइराला – ने वि संघ त्रिचन्द्र
सरोज अधिकारी – ने वि संघ थापाथली
मनोज भण्डारी — – ने .वि. संघ त्री चन्द्र
मोहन कालाथोकी — ने वि संघ
आज्ञा सुजन तामाङ – ने वि संघ
सन्तोष आचार्य – Ncit Nsu सभापति
किरण राज गौतम – ने वि संघ


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?