Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ (प्रकाउ पर्नेहरुकाे सूचीसहित)


काठमाडौं। माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले प्रहरीले नियन्त्रणमा लिएको छ ।  माइतीघरमा प्रदर्शन गरेका संघका दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिएका छन् । प्रहरीले नियन्त्रण लिएकाहरुलाई प्रहरी पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको छ ।

त्यसैगरी, लोकतन्त्रमा सिभिक स्पेस्को सङ्कुचन गर्न नहुने माग सहित हुनेहरु विरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लक्षित ‘हामी पनि यहाँ छौ’ भन्दै संघले विरोध गरेको थियो भने माइतीघर मण्डला स्थान मात्रै नभई अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्पेस भएको उनीहरुले प्लाकार्ड मार्फत जनाएका थिए ।

स्वेच्छाचारी विरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोको निषेधाज्ञा हटाउनुपर्ने माग सहित विरोध गरेको संघका नेविसंघ केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराएका छन् ।  माइतीघर खुला हुनुपर्ने माग सहित विरोधमा उत्रनेहरुमा महामन्त्री गगन थापा निकटका हुन् ।थापा निकटका संघका नेताहरुले यसअघि विश्वविद्यालयको उपकुलपति खुला आवदेनबाट नियुक्त गर्दै विभिन्न कार्यक्रम गरेका थिए ।

 प्रकाउ पर्नेहरु:
सुवास पौडेल – ने .वि. संघ केन्द्रीय सदस्य
सुशान्त आचार्य – – ने .वि. संघ केन्द्रीय सदस्य
मनोज पूरी – – ने .वि. संघ केन्द्रीय सदस्य
साजन तामाङ _ – ने .वि. संघ केन्द्रीय सदस्य

विन्दा बोगटी — – ने .वि. संघ केन्द्रीय सदस्य
बासुदेव न्यौपाने – – ने .वि. संघ केन्द्रीय सदस्य
जीवन सुवेदी – – ने .वि. संघ केन्द्रीय सदस्य

विजेन् किसी -;- ने .वि. संघ केन्द्रीय सदस्य
गोविन्द कोइराला – ने वि संघ त्रिचन्द्र
सरोज अधिकारी – ने वि संघ थापाथली
मनोज भण्डारी — – ने .वि. संघ त्री चन्द्र
मोहन कालाथोकी — ने वि संघ
आज्ञा सुजन तामाङ – ने वि संघ
सन्तोष आचार्य – Ncit Nsu सभापति
किरण राज गौतम – ने वि संघ


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?