Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता होः मन्त्री किराती


काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन् आइतवार मन्त्रालयमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले भाषा संग्रहालयका लोगि सोमवार नै भाषा म्युजियम अध्ययन समिति बनाउने बताएका छन् ।

उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिवद्धता जनाउदै हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको समेत बताएका छन् ।

उनले भने, ‘गोठाटारको जग्गा पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौँ । यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ । यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पु¥याउन पनि एउटा सानो समिति गठन गर्छौं । यहाँ त संविधानको बारेमा बोल्न पनि डराउनुपर्ने क्या । मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्ने बित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो । मान्छेहरु घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन् । म भाषाको म्युजियम बनाउँदैछु । भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु । हिन्दु विश्वविद्यालय हामीलाई चाहिन्छ ।’

मन्त्री किराँतीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि पनि मन्त्रालयले समिति गठन गर्ने बताएका छन् ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?