Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता होः मन्त्री किराती


काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन् ।आइतवार मन्त्रालयमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले भाषा संग्रहालयका लोगि सोमवार नै भाषा म्युजियम अध्ययन समिति बनाउने बताएका छन् ।

उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिवद्धता जनाउदै हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको समेत बताएका छन् ।

उनले भने, ‘गोठाटारको जग्गा पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौँ । यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ । यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पु¥याउन पनि एउटा सानो समिति गठन गर्छौं । यहाँ त संविधानको बारेमा बोल्न पनि डराउनुपर्ने क्या । मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्ने बित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो । मान्छेहरु घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन् । म भाषाको म्युजियम बनाउँदैछु । भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु । हिन्दु विश्वविद्यालय हामीलाई चाहिन्छ ।’

मन्त्री किराँतीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि पनि मन्त्रालयले समिति गठन गर्ने बताएका छन् ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?