Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगे लुम्बिनीका मन्त्री राणा


काठमाडौंं। लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणा सिंहदरवार पुगेका छन् ।

उक्त प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगेर मन्त्री राणाले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री राणाले आफूले प्रदेशभित्र चालक अनुमति पत्र छपाइ प्रदेशलाई नै दिन केन्द्र सरकारसँग आग्रह गरेको र प्रदेशमा हुने कामलाई प्रदेशलाई नै अधिकार दिन आग्रह गरेको समेत बताएका छन् ।

बुधबार मन्त्री राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेर तत्काल चालक अनुमति पत्र सहज रूपमा दिने व्यवस्था गराउन माग गरेका थिए ।

मन्त्री राणाले आफ्नो प्रदेशभित्र चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने निर्णय गराएका थिए ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?