Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काठमाडौं क्रियाशील नभई एमालेको ‘मिसन ८४’ पूरा हुँदैन: आनन्द पोख्रेल


काठमाडौं। नेकपा एमालेका नेता आनन्द पोखरेलले काठमाडौँ क्रियाशील नभएसम्म एमालेको मिसन ८४ पूरा नहुने बताएका छन् । त्यसका लागि सर्वप्रथम काठमाडौंमा विजय हासिल गर्नुपर्ने उनको भनाइ रहेको छ ।

नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी भेलालाई सम्बोधन गर्दै उनले काठमाडौँसँगै पूरै मुलुकलाई ब्यूँझाउन आवश्यक रहेको औँल्याउँदै त्यसका लागि सर्व प्रथम काठमाडौं क्रियाशील हुन आवश्यक भएको बताएका छन् ।

उनले भने, ‘हामीले सिंगो देशलाई सन्देश दिनुपर्नेछ । त्यसका लागि काठमाडौं विजय हासिल नगरिकन मिसन ८४ पूरा हुन सक्दैन् अर्थात काठमाडौंबाटै क्रियाशीलता बढाउनुपर्छ ।’ उनले काठमाडौंमा माघ २० गते युवा अभियान एवं युवा महोत्सव आयोजना गर्न लागेको भन्दै यसलाई सामान्य रुपमा नलिन आग्रह समेत गरे । एकदिन गरेको कामले मुलुक जाग्ने भन्दै महोत्सव एमालेका लागि मात्र नभई तमाम विद्यार्थीहरू एवम युवाहरुका लागि केन्द्रित गरिएको बताए ।

उनले भने, ‘हाम्रो महत्वपूर्ण कार्यभार भनेको युवा परिचालन हो । युवाको नेतृत्वबाट विकास संभव छ । युवालाई परिचालित गरेर पार्टीमा युवाप्रतिको आकर्षण बढाउनुपर्नेछ । पहिलो पटक ७५ जिल्ला मध्ये काठमाडौंले माघ २० गते युवा अभियान वा युवा महोत्सवको योजना बनाएको हो । यसलाई सामान्य रुपमा नहेरौँ । हामीले लिएको लक्ष्य अनुसार १० हजार युवा परिचालन गर्न सकियो भने काठमाडौंलाई मात्रै होइन, सिंगो मुलुकलाई फाइदा हुन्छ ।’


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?