Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

काठमाडौं क्रियाशील नभई एमालेको ‘मिसन ८४’ पूरा हुँदैन: आनन्द पोख्रेल


काठमाडौं। नेकपा एमालेका नेता आनन्द पोखरेलले काठमाडौँ क्रियाशील नभएसम्म एमालेको मिसन ८४ पूरा नहुने बताएका छन् । त्यसका लागि सर्वप्रथम काठमाडौंमा विजय हासिल गर्नुपर्ने उनको भनाइ रहेको छ ।

नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी भेलालाई सम्बोधन गर्दै उनले काठमाडौँसँगै पूरै मुलुकलाई ब्यूँझाउन आवश्यक रहेको औँल्याउँदै त्यसका लागि सर्व प्रथम काठमाडौं क्रियाशील हुन आवश्यक भएको बताएका छन् ।

उनले भने, ‘हामीले सिंगो देशलाई सन्देश दिनुपर्नेछ । त्यसका लागि काठमाडौं विजय हासिल नगरिकन मिसन ८४ पूरा हुन सक्दैन् अर्थात काठमाडौंबाटै क्रियाशीलता बढाउनुपर्छ ।’ उनले काठमाडौंमा माघ २० गते युवा अभियान एवं युवा महोत्सव आयोजना गर्न लागेको भन्दै यसलाई सामान्य रुपमा नलिन आग्रह समेत गरे । एकदिन गरेको कामले मुलुक जाग्ने भन्दै महोत्सव एमालेका लागि मात्र नभई तमाम विद्यार्थीहरू एवम युवाहरुका लागि केन्द्रित गरिएको बताए ।

उनले भने, ‘हाम्रो महत्वपूर्ण कार्यभार भनेको युवा परिचालन हो । युवाको नेतृत्वबाट विकास संभव छ । युवालाई परिचालित गरेर पार्टीमा युवाप्रतिको आकर्षण बढाउनुपर्नेछ । पहिलो पटक ७५ जिल्ला मध्ये काठमाडौंले माघ २० गते युवा अभियान वा युवा महोत्सवको योजना बनाएको हो । यसलाई सामान्य रुपमा नहेरौँ । हामीले लिएको लक्ष्य अनुसार १० हजार युवा परिचालन गर्न सकियो भने काठमाडौंलाई मात्रै होइन, सिंगो मुलुकलाई फाइदा हुन्छ ।’


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?