Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल


काठमाडौं। पछिल्लो पटक गत सोमबारदेखि काठमाडौंमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबैमा अपिल गरेको छ ।

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेकी हुन् ।

“मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ । पुराना पाइप लाइनहरु लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि ‘फ्लसिङ’ सँगै क्रमसः सफा पानी प्रवाह हुने भएकाले खानेपानीको गुणस्तरमा शङ्का नगर्न र बाहिरी हल्लाको पछि नलाग्न मन्त्रालय र मन्त्रालय मातहत खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरु सबैमा हार्दिक अपिल गर्दछ”, मन्त्रालयद्वारा आज प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो पटक सोमबारदेखि वितरण गरिएको मेलम्चीको पानी धमिलो आएको र यसको गुणस्तरमा शङ्का लागेको भन्ने समाचार आएपछि मन्त्रालयले आज यो अपिल गरेको हो । त्यसैबीच, मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेकाले कुनै समस्या भएमा सो समितिमा खबर गर्न समेत सो सूचनामा आग्रह गरिएको छ ।

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?