Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

एएफसी एशियन कपमा साउदी अरेविया विजयी


काठमाडौं। एएफसी एशियन कप फुटबलमा साउदी अरेवियाले नाटकीय जित निकालेको छ ।

त्यस्तै, कतारमा जारी प्रतियोगितामा साउदीले ओमानविरुद्ध २-१ गोल अन्तरको जित निकालेको हो । मंगलबार रातिको खेल बराबरीतर्फ उन्मुख रहेका बेला दोस्रो हाफको अतिरिक्त सयमा साउदीले निर्णायक गोल गरेको थियो । १४औं मिनेटमा ओमानले पेनाल्टीमार्फत अग्रता लिएको थियो भने ओमानका लागि सलाह सइद याहयाले पेनाल्टीमा गोल गरेका हुन् ।

विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गर्दै सनसनी मच्चाएको साउदीले एसिया कपमा पनि दोस्रो हाफको अन्त्यतिर पुनरागमन गर्न सफल भयो ।
औं मिनेटमा अब्दुल रहमान अब्दुल्ला अजीबले गोल गर्दै साउदीलाई एक एकको बराबरीमा ल्याएका थिए । अली हादी मुहम्मद बोलेटले दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा गोल गर्दै अन्त्यमा साउदीलाई २-१ को जित दिलाए ।

उक्त समूह एफमा ३ अंक जोडेको साउदी दोस्रो स्थानमा रहेको छ । यही समूहमा रहको थाइल्याण्डले कीर्गिस्तानलाई पराजित गर्दै शीर्ष स्थानमा रहेको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?