Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

एएफसी एशियन कपमा साउदी अरेविया विजयी


काठमाडौं। एएफसी एशियन कप फुटबलमा साउदी अरेवियाले नाटकीय जित निकालेको छ ।

त्यस्तै, कतारमा जारी प्रतियोगितामा साउदीले ओमानविरुद्ध २-१ गोल अन्तरको जित निकालेको हो । मंगलबार रातिको खेल बराबरीतर्फ उन्मुख रहेका बेला दोस्रो हाफको अतिरिक्त सयमा साउदीले निर्णायक गोल गरेको थियो । १४औं मिनेटमा ओमानले पेनाल्टीमार्फत अग्रता लिएको थियो भने ओमानका लागि सलाह सइद याहयाले पेनाल्टीमा गोल गरेका हुन् ।

विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गर्दै सनसनी मच्चाएको साउदीले एसिया कपमा पनि दोस्रो हाफको अन्त्यतिर पुनरागमन गर्न सफल भयो ।
औं मिनेटमा अब्दुल रहमान अब्दुल्ला अजीबले गोल गर्दै साउदीलाई एक एकको बराबरीमा ल्याएका थिए । अली हादी मुहम्मद बोलेटले दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा गोल गर्दै अन्त्यमा साउदीलाई २-१ को जित दिलाए ।

उक्त समूह एफमा ३ अंक जोडेको साउदी दोस्रो स्थानमा रहेको छ । यही समूहमा रहको थाइल्याण्डले कीर्गिस्तानलाई पराजित गर्दै शीर्ष स्थानमा रहेको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?