Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

रोहितको लराउण्ड प्रदर्शनमा एपीएफको लगातार दोस्रो जित


काठमाडौं। कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । त्यसक्रममा एपीएफले कोशीमाथि ६ विकेटको जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १३६ रनको सामान्य लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यस्तै, एपीएफ लागि कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे भने बलिङ तर्फ ३ विकेट लिएका रोहितले ब्याटिङमा ८० रनको अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी, ओपनर प्रज्वल शाहीले २२ रन बनाए । अर्का ओपनर आशिफ शेख ४ रनमा आउट भए । पुरन विक १ रनमा एलबीडब्ल्यु भए । सुमित महर्जन २० र सन्दीप जोरा २ रनमा अविजित रहे । कोशीका लागि बलिङमा फिरोद अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले १/१ विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १३५ रनमा अलआउट भएको थियो ।

कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट हुँदा, सोनु अन्सारीले २० रन बनाए भने आशिष भट्टराई १० र सोनु मण्डलले ११ त्यसअघि रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि रोहित पौडेल र अभिनास बोहोराले समान ३/३ विकेट लिए । अमर रौतेलाले २ विकेट लिए, भुवन कार्की र श्याम ढकालले १/१ विकेट लिए ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?