Trending
>>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

रोहितको लराउण्ड प्रदर्शनमा एपीएफको लगातार दोस्रो जित


काठमाडौं। कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । त्यसक्रममा एपीएफले कोशीमाथि ६ विकेटको जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १३६ रनको सामान्य लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यस्तै, एपीएफ लागि कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे भने बलिङ तर्फ ३ विकेट लिएका रोहितले ब्याटिङमा ८० रनको अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी, ओपनर प्रज्वल शाहीले २२ रन बनाए । अर्का ओपनर आशिफ शेख ४ रनमा आउट भए । पुरन विक १ रनमा एलबीडब्ल्यु भए । सुमित महर्जन २० र सन्दीप जोरा २ रनमा अविजित रहे । कोशीका लागि बलिङमा फिरोद अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले १/१ विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १३५ रनमा अलआउट भएको थियो ।

कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट हुँदा, सोनु अन्सारीले २० रन बनाए भने आशिष भट्टराई १० र सोनु मण्डलले ११ त्यसअघि रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि रोहित पौडेल र अभिनास बोहोराले समान ३/३ विकेट लिए । अमर रौतेलाले २ विकेट लिए, भुवन कार्की र श्याम ढकालले १/१ विकेट लिए ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?