Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अफगानिस्तानविरुद्धको टी-२० सिरिज भारतलाई


काठमाडौं। अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ ।

आइतबार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य भारतका यशस्वी जैसवाल र शिवम दुबेको तुफानी पारिको मद्दतले १६औं ओभरमा पूरा गरेको थियो । त्यस्तै, अफगानिस्तानका ओपनरहरूले राम्रो सुरुवात दिने प्रयास गरे पनि २० रनको टिमको स्कोरमा रहमानउल्लाह गुरबाज रवि बिश्नोईको शिकार बने भने गुरबाजले १४ रन बनाए । त्यसपछि कप्तान इब्राहिम जद्रानले पनि ८ रनको स्कोरमा आफ्नो विकेट गुमाए ।

अजमातुल्लाह ओमरजाई पनि खासै प्रभावशाली देखिएनन् र २ रन बनाएर शिवम दुबेको शिकार बने । एक छेउमा गुलबदिन नाइबले उत्कृष्ट अर्धशतक बनाए तर उनी पनि ५७ रनको उत्कृष्ट इनिङ्स खेलेर आउट भए । नाइबले आफ्नो पारीमा ५ चौका र ४ छक्का प्रहार गरे ।

भारतका लागि अर्शदीप सिंहले ३ तथा अक्षर पटेलले २ विकेट लिए । अफगानिस्तानले दिएको १७३ रनको जवाफमा भारतको सुरुवात खराब रह्यो । कप्तान रोहित शर्मा पहिलो बलमै क्लिन बोल्ड भए, तर यसपछि विराट कोहली र यशस्वी जैसवालले ५७ रनको साझेदारी गरे । विराट कोहलीले १६ बलमा ५ चौकाको मद्दतले २९ रन बनाए ।

त्यस्तै, जैसवालले तेस्रो विकेटका लागि शिवम दुबेसँग आँधीबेहरी साझेदारी गरे। उनीहरुले ४२ बलमा ९२ रन जोडे । यशस्वी जैसवालले ३४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६८ रन बनाएकी थिइन् । भने शिवम दुबेले ३२ बलमा ५ चौका र ४ छक्का सहित अविजित ६३ रन बनाए ।

अफगानिस्तानका करिम जनतले २ विकेट लिए भने भारत र अफगानिस्तानबीचको अन्तिम खेल जनवरी १७ मा बैंगलोरमा हुनेछ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?