Trending
>>   तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल >>   सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे >>   ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइयो प्रहरीलाई: आईजीपी कार्की >>   सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा >>   चीनद्वारा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण >>   इराक र संयुक्त राष्ट्र संघबीच युएनएएमआई मिसनको अन्त्य >>   कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन >>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

काजल श्रेष्ठ बनिन् नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री


काठमाडौं। १३औँ दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट खेलाडी काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् ।

त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दो खेल्ने उनले वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औँ इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा उनले उक्त उपलब्धि हासिल गरेकी हुन् । अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि २६ वर्षीया काजलले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताइन् ।

त्यस्तै, फोर्थ डान ब्ल्याकबेल्टधारी काजलले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको उनले सुनाइन् । अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।

सन् २०१४ मै ताइवानमा भएको दशौँ जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी काजलले २०१९ मा नेपालमै भएको १३औँ सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् । यस्तै उनले गत वर्ष अजरवैजानमा भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप समेत खेलकी थिइन् ।

तयसैगरी, काजलले २०१५ मा मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप, २०१७ मा काठमाडौंमै भएको पहिलो वुमन्स अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१७ मै भएको भएको दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१८ मा काठमाडौंमा भएको काठमाडौं ग्योरोगी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, २०२१ मा भएको नेपाल ओपन भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्यामपियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् ।

त्यस्तै उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रजत र कांस्य पनि जितेकी छन् । उनले विभिन्न राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जितेकी छन् भने विभिन्न प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको अवार्ड समेत जितेकी छन् ।


प्रकाशित मिति: २७ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?