Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बाँकेको नरैनापुर गाउँपालिकावासीलाई स्वास्थ्य सेवाका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता


राँझा,बाँके। बाँकेको नरैनापुर गाउँपालिकावासीलाई अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवाका लागि सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ । उक्त जिल्लाको विकट क्षेत्रका रूपमा रहेको नरैनापुर गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक उपकरणको व्यवस्था हुन नसक्दा जनताले स्थानीय तहमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

त्यस्तै, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरू लागिपरे पनि आवश्यक उपकरण खरिद गर्न आर्थिक अभाव भएकाले चाहेजति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको बताए । “नरैनापुरमा कुनै प्रकारको आन्तरिक स्रोत नरहेकाले पनि आर्थिक समस्या भएको छ”, उनले भने, “जनतालाई गाउँपालिकामै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेटको माग गरेका छौँ ।”

बाँकेको राप्ती नदीपारि भारतसँग जोडिएको नरैनापुर गाउँपालिकावासी जनता अहिले पनि स्वास्थ्य परीक्षणका लागि भारतीय सहर वा ४६ किलोमिटरको दूरीमा रहेको सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको नरैनापुर–६ का सोहनलाल यादवले बताए । त्यस्तै, नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक नगेन्द्रकमार शाहले नरैनापुरमा ४६ हजार दुई सय जनसङ्ख्या रहेकामा यो आर्थिक वर्षमा छ सय ६६ जना सुत्केरी र एक हजार दुई सय १५ गर्भवती रहेको जानकारी दिए ।

उनका अनुसार नरैनापुरमा अहिले एउटा प्राथमिक स्वास्थ्य केन्द्र र छ वडामा प्रसूतिगृहसहितका स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । यसैबीच बुधवार नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गर्न पुग्नुभएका लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताएका छन् ।

उनले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै उनले निर्माणाधीन अस्पतालका लागि रु ५० लाख बजेट विनियोजन गरेको बताउदै । ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?