Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

स्विस महासङ्घका लागि नेपाली राजदूत सुवेदीले गरे ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौं। स्विस महासङ्घका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासङ्घका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । त्यस्तै, बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष एमहेर्डसमक्ष मङ्गलबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि राष्ट्रपति एमहेडसँग भएको शिष्टाचार भेटमा राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट स्विट्जरल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्य र शान्तिको कामनाका साथै स्विट्जरल्याण्डका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार राजदूत सुवेदीले नेपाल र स्विट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आपसी सहयोगका क्षेत्रलाई अझ विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उनले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा मिलेर काम गर्ने प्रशस्त अवसर रहेका जानकारी दिँदै नेपालमा शान्ति प्रक्रियालगायत स्विस विकास सहयोगमार्फत प्राप्त स्विस सहयोगप्रति आभार व्यक्त गरे ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?