Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

महाकाली नदीको हरिहर स्नान घाटमा मकरमेला र महोत्सव


कञ्चनपुर। कञ्चनपुरको महाकाली नदीको ओदाली ऐरीस्थित हरिहर स्नान घाटमा मकरमेला तथा धार्मिक पर्यटन महोत्सव आयोजना गरिने भएको छ । वैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिले मेला तथा महोत्सवको आयोजना गर्न लागेको हो ।

उक्त मेलाका लागि प्रचारप्रसार सुरु गरिएको छ । मेला आयोजक समितिका सदस्य कृष्णसिंह देउवाका अनुसार मेला पुस २२ गतेदेखि फागुन २५ गतेसम्म लाग्नेछ भने धार्मिक पर्यटनलाई बढावा दिन मेला आयोजना गर्न लागिएको उनले बताए ।

“पुस २२ गते धर्मध्वज पुजन गरी मेलाको प्रारम्भ गरिनेछ”, मेला सम्पर्क समितिका संयोजक नरबहादुर साउदले भने, “पुस २८ गतेदेखि माघ १ गतेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, त्यसपछि नरहरि सङ्क्रान्तिका दिन महास्नान, कुम्भ स्नानको कार्यक्रम फागुन १ गते राखिएको छ ।”

त्यस्तै, वसन्तपञ्चमीका दिन महास्नान, माघपूर्णिमा माघ स्नानपूर्ति, महाशिवरात्रिमा विशेष स्नानको कार्यक्रम राखिएको छ भने गङ्गा दशहराका दिन वैजनाथ सिद्धनाथ मन्दिरमा धाम पूजाको मुख्य पर्वका रुपमा मनाइने कार्यक्रम तय गरिएको साउदको भनाइ रहेको छ ।

धार्मिक मान्यताअनुसार महाकाली नदीलाई पवित्र नदीका रुपमा लिइन्छ । नदीमा मकरसङ्क्रान्तिका बेला वर्षौं पहिलेदेखि भक्तजनले स्नान गर्दै आएका छन् । यस नदीमा स्नान गरे सबै पापकर्म हटेर जाने जनविश्वास रहेको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?