Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

दैलेखमा विद्युत् प्रयोग गर्ने बढे


दैलेख। पछिल्ला वर्षहरूमा विद्युत्को प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा विद्युत्को प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको हो ।

जिल्ला विद्युत् वितरण केन्द्रका अनुसार पछिल्ला दुई महिनामा विद्युत्को प्रयोग गर्ने घरधुरीको सङ्ख्या आठ सयले वृद्धि भएको छ । उक्त केन्द्रका प्रमुख नरेशदत्त रावलले हाल जिल्लामा विद्युत् प्रयोग गर्ने घरधुरी १५ हजार आठ सय रहेका जानकारी दिए । उनका अनुसार जिल्लाका ११ स्थानीय तहका ९० वडामा हालसम्म ७० प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ ।

त्यस्तै, दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको कार्यालय प्रमुख रावलले जानकारी दिए । “विद्युतीकरणको तीव्र विस्तारसँगै विद्युत्को उपभोग गर्ने घरको सङ्ख्या बढ्दै गएको छ । दुई महिनाको अवधिमा थप आठ सय घरधुरीमा विद्युत् विस्तार भएको छ”, उनले भने।

यहाँका आठविस नगरपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका केही वडामा मात्र विद्युतीकरणको काम हुन बाँकी रहेको जनाइएको छ । उक्त कार्यालय प्रमुख रावलका अनुसार मङ्गलबार मात्र ठाँटिकाँध गाउँपालिका–५ मा रहेका छ सय घरधुरीमध्ये पाँच सय ५० घरमा बत्ती बालिएको छ ।

त्यस्तै, स्थानीय सरकार सञ्चालनमा आएसँगै दैलेखमा विद्युतीकरणले तीव्रता पाएको हो । सामुदायिक विद्युतीकरणअन्तर्गत स्थानीय तहले विद्युत् विस्तारको कामलाई अघि बढाएका थिए ।

हाल सामुदायिक विद्युतीकरणअन्तर्गत केही स्थानीय तहको काम विद्युत् वितरण केन्द्र दैलेख मातहत हुँदै आएको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?