Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु


काठमाडौं। आजबाट काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०८० सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रालिद्वारा काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु भएको हो ।

उक्त प्रदर्शनीमा नेपालमा उत्पादित फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसहित मेलामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शनी कक्ष छन् ।

त्यस्तै, मिडिया स्पेस सोलुसन्ल प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सो प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवान, मलेसिया मुलुकका कम्पनी सहभागी रहेका छन् । नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सहज रुपमा उपलब्ध गराउने माध्यम प्रदर्शनी बन्ने आयोजकको दाबी छ ।

आजबाट सञ्चालनमा आएको प्रदर्शनी यही आइतबार तीन दिनसम्म सञ्चालन हुने भएको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?