Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढेपछि तीर्थयात्रीहरू प्रभावित


 विराटनगर। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा सहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै, चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको संख्यामा कमी आएको छ भने पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू चिसो बढेपछि प्रभावित भएका छन् । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित रहेको छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ ।

सामान्यतया यो बेला अरु समयमा भन्दा केही कम तीर्थयात्रीहरू आउने गरेको ताप्लेजुङ सदरमुकाम फुङलिङका अशोक खतिवडाले बताएका छन् ।पाथीभरा जाने मार्गको ३ हजार १ सय मिटर उचाइमा पर्ने माथिल्लो फेदीदेखि नै हिमपात भएको उनको भनाइ रहेको छ ।

त्यस्तै, पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको छ भने आसपासका बस्तीहरूमा पनि सामान्य हिउँ परेको उनले बताएका छन् ।

अबका केही सातासम्म पाथीभरा क्षेत्रमा हिमपात हुन्छ । हिमपात भएपछि बाटो चिप्लो हुने गरेकाले तीर्थयात्रुहरु जाने क्रम यो बेला निकै कम हुने गरेको स्थानीय दुर्गा खनालले बताएका छन् ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?