Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

महासङ्घले भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई गर्‍यो आर्थिक सहयोग


त्रिवेणी,रुकुमपश्चिम। भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासङ्घको केद्रीय टोलीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा पुगरे रू चार लाखको चेक हस्तान्तरण गरेको हो ।

उक्त महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चेक हस्तान्तरण गरे । प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक रुपमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले महासङ्घले सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको महासचिव पुरीले जानकारी दिए। त्यस्तै, भूकम्प गएदेखि प्रभावित क्षेत्रमा खटिने पत्रकारको बारेमा जानकार रहेको बताउँदै उनले आउँदा दिनमा थप सहयोग गर्न महासङ्घ तयार रहेको समेत बताए ।

त्यस्तै, प्रभावित क्षेत्रका पत्रकारको आवश्यकता आधारमा क्षमता विकास तालिम, आवश्यक समन्वय गर्न महासङघ सधैँ साथमा रहेको वरिष्ठ उपाध्यक्ष विष्टले बताएका छन् । प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको पत्रकारिता पेसालाई थप अगाडि बनाउन यहाँबाट फर्केर महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ रहेको थियो । उनका अनुसार प्रभावित पत्रकारलाई न्यायोचित ढङ्गले रकम वितरण गर्न पत्रकार महासङ्घ रकुम पश्चिमलाई आग्रह गरिएको छ ।

सो महासङ्घबाट प्राप्त भएको रकम न्योयोचित ढङ्गले वितरण हुने जिल्ला अध्यक्ष केसीले बताए । उनका अनुसार प्राप्त भएको रकम वितरण गर्न कार्यदल निर्माण गरिएको र कार्यदलको निर्णय अनुसार केही दिनभित्र वितरण गरिने छ ।

उक्त महासङ्घको टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा समान रू चार/चार लाख आर्थिक सहयोग गरेको जनाएको छ ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?