Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

नेपालगञ्जमा जथाभाबी फोहोर फालेमा ५ हजारदेखि १५ हजार सम्म जरिवाना गरिने


काठमाडौं। नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ । नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ भने पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको हो ।

त्यसैगरी, सडकमा जथाभाबी फोहोर फालेमा अबदेखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन, २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने भएको छ । पर्चा पम्प्लेट वितरण र माइकिङ गर्दै फोहोर जथाभाबी नफाल्न सचेत बनाइएको छ भने घरधनी, पसल व्यवसायीलगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो ।

जिल्ला प्रशासन, वडा अध्यक्षहरू, होटेल व्यवसायी, सरसफाइ अभियन्ता, नगर प्रहरीसहित आजदेखि सडकमै उत्रिएर नेपालगञ्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको छ ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?