Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपालगञ्जमा जथाभाबी फोहोर फालेमा ५ हजारदेखि १५ हजार सम्म जरिवाना गरिने


काठमाडौं। नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ । नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ भने पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको हो ।

त्यसैगरी, सडकमा जथाभाबी फोहोर फालेमा अबदेखि नेपालगन्ज उपमहानगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन, २०७५ बमोजिम ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गरिने भएको छ । पर्चा पम्प्लेट वितरण र माइकिङ गर्दै फोहोर जथाभाबी नफाल्न सचेत बनाइएको छ भने घरधनी, पसल व्यवसायीलगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत बनाइएको हो ।

जिल्ला प्रशासन, वडा अध्यक्षहरू, होटेल व्यवसायी, सरसफाइ अभियन्ता, नगर प्रहरीसहित आजदेखि सडकमै उत्रिएर नेपालगञ्ज उपमहानगरपालिकाले घरदैलो सुरु गरेको छ ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?