Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई


इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त ग¥यो । दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त गर्यो ।

छ स्वर्ण, छ रजत र १० कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भयो । पाँच स्वर्ण, सात रजत र चार कास्यसहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनुभयो । यस्तै तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित देउमाई नगरपालिका पाँचौँ, दुई स्वर्ण, पाँच रजत र पाँच कास्यसहित रोङ गाउँपालिका छैटाँै, दुई स्वर्ण, दुई रजत र दुई कास्यसहित माइजोगमाई गाउँपालिका सातौँ, एक स्वर्ण, पाँच रजत र आठ कास्यसहित माई नगरपालिका आठाँै, तीन रजत र दुई कास्यसहित माङसेबुङ गाउँपालिका नवौँ तथा दुई रजत प्राप्त गरेको सन्दकपुरले १०औँ स्थान हासिल गरेको छ ।

सहभागीलाई फाकफोथमुका अध्यक्ष दीपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार प्रदान गर्नुभयो । चौधौँ प्रतियोगिता माङसेबुङ गाउँपालिकामा आयोजना गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?