Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई


इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त ग¥यो । दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त गर्यो ।

छ स्वर्ण, छ रजत र १० कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भयो । पाँच स्वर्ण, सात रजत र चार कास्यसहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनुभयो । यस्तै तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित देउमाई नगरपालिका पाँचौँ, दुई स्वर्ण, पाँच रजत र पाँच कास्यसहित रोङ गाउँपालिका छैटाँै, दुई स्वर्ण, दुई रजत र दुई कास्यसहित माइजोगमाई गाउँपालिका सातौँ, एक स्वर्ण, पाँच रजत र आठ कास्यसहित माई नगरपालिका आठाँै, तीन रजत र दुई कास्यसहित माङसेबुङ गाउँपालिका नवौँ तथा दुई रजत प्राप्त गरेको सन्दकपुरले १०औँ स्थान हासिल गरेको छ ।

सहभागीलाई फाकफोथमुका अध्यक्ष दीपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार प्रदान गर्नुभयो । चौधौँ प्रतियोगिता माङसेबुङ गाउँपालिकामा आयोजना गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?