Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अब एउटै ओभरमा दुई बाउन्सर फाल्न पाउने


काठमाडौं। आइपिएल २०२४ बाट ठूलो नियम लागु हुने भएको छ । यो नियम लागू भएसँगै बलरलाई फाइदा हुने र ब्याट्सम्यानका लागि खतरनाक साबित हुन सक्छ । वास्तवमा, एक ओभरमा दुई बाउन्सरको नियम आइपिएल २०२४ बाट लागू गर्न सकिन्छ । यसको मतलब बलरहरूले अब एउटै ओभरमा दुई वटा बाउन्सर बलिङ गर्न सक्नेछन्, जसले उनीहरूलाई धेरै सुविधा दिनेछ ।

अहिलेसम्म बलरले एक ओभरमा एउटा बाउन्सर मात्र बलिङ गर्ने नियम थियो । यदि उसले एक ओभरमा एक भन्दा बढी बाउन्सर बल गरेमा बल ‘नो बल’ हुने नियम छ । यो नियम खारेज गरी दुई वटा बाउन्सर दिनुपर्ने लामो समयदेखि माग थियो । अब यो आइपिएलको आगामी सिजनबाट हुने भएको छ । बलरहरूले एउटै ओभरमा दुई वटा बाउन्सर बलिङ गर्न पाउनेछन् ।

यो नियम सैयद मुश्ताक अली टी–२० प्रतियोगितामा प्रयोग भएको थियो र त्यहाँ सफल भएपछि अब आइपिएलमा पनि यो नियम लागू हुनेछ । बलरका लागि यो निकै राम्रो खबर हो तर ब्याट्सम्यानको समस्या पक्कै बढ्ने छ । तर, यी नियम लागू भएपछि बल र ब्याटरबीचको द्वन्द्व झनै बढ्नेछ ।

आइपिएल २०२४ को टूर्नामेंट मार्च २२ बाट सुरु भई मेको अन्तिम हप्तासम्म चल्ने अपेक्षा गरिएको छ । तर, अर्को वर्ष भारतमा हुन लागेको निर्वाचनलाई ध्यानमा राखी अन्तिम खेल तालिका तय गरिनेछ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?