Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

अब एउटै ओभरमा दुई बाउन्सर फाल्न पाउने


काठमाडौं। आइपिएल २०२४ बाट ठूलो नियम लागु हुने भएको छ । यो नियम लागू भएसँगै बलरलाई फाइदा हुने र ब्याट्सम्यानका लागि खतरनाक साबित हुन सक्छ । वास्तवमा, एक ओभरमा दुई बाउन्सरको नियम आइपिएल २०२४ बाट लागू गर्न सकिन्छ । यसको मतलब बलरहरूले अब एउटै ओभरमा दुई वटा बाउन्सर बलिङ गर्न सक्नेछन्, जसले उनीहरूलाई धेरै सुविधा दिनेछ ।

अहिलेसम्म बलरले एक ओभरमा एउटा बाउन्सर मात्र बलिङ गर्ने नियम थियो । यदि उसले एक ओभरमा एक भन्दा बढी बाउन्सर बल गरेमा बल ‘नो बल’ हुने नियम छ । यो नियम खारेज गरी दुई वटा बाउन्सर दिनुपर्ने लामो समयदेखि माग थियो । अब यो आइपिएलको आगामी सिजनबाट हुने भएको छ । बलरहरूले एउटै ओभरमा दुई वटा बाउन्सर बलिङ गर्न पाउनेछन् ।

यो नियम सैयद मुश्ताक अली टी–२० प्रतियोगितामा प्रयोग भएको थियो र त्यहाँ सफल भएपछि अब आइपिएलमा पनि यो नियम लागू हुनेछ । बलरका लागि यो निकै राम्रो खबर हो तर ब्याट्सम्यानको समस्या पक्कै बढ्ने छ । तर, यी नियम लागू भएपछि बल र ब्याटरबीचको द्वन्द्व झनै बढ्नेछ ।

आइपिएल २०२४ को टूर्नामेंट मार्च २२ बाट सुरु भई मेको अन्तिम हप्तासम्म चल्ने अपेक्षा गरिएको छ । तर, अर्को वर्ष भारतमा हुन लागेको निर्वाचनलाई ध्यानमा राखी अन्तिम खेल तालिका तय गरिनेछ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?