Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

थप सुन्दर बनाइँदै ऐतिहासिक ‘काष्ठमाण्डप’


काठमाडाैं। हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमाण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दुलजङग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो ।

उक्त कार्यक्रमका लागि वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्य, शार्दुलजङग गुल्मका गुल्मपति पूर्ण प्रजापति र स्थानीयवासीको सहभागिता रहेको थियो ।

वडा नंं २० का वडाध्यक्ष मानन्धरले भने, “सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा असर परिरहेको हुन्छ । यो असर रोक्ने अभिप्रायले संरक्षण गर्ने र सुन्दर बनाउने काम थालिएको हो । स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधनभित्र प्रवेश नगरुन् भनेर एक अर्कालाई फलामे साङ्लाले बाँधिएको छ ।” उनका अनुसार परिसरमा १२ फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् ।

त्यस्तै, दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजङग गुल्मले यसको व्यवस्थापन गरेको हो । यो कामलाई वसन्तपुर क्षेत्रभरि विस्तार गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि वसन्तपुर जुद्धसालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब एक सय २० फूलसहितका गमला राखिएको थियो ।

विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति भएको उक्त सम्पदाको पुनः निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडाैं महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ भने उक्त सम्पदा सर्वसाधारणका लागि कहिलेदेखि खुल्ने भन्ने विषय भने अझै टुङ्गो लागेको छैन ।

उक्त समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गरिरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय एकीन हुने कामपाले जनाएको छ । विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयवासीको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समितिको गठन भएको थियो ।

विसं २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माण खर्च कामपाले व्यहोर्ने निर्णय गरेअनुसार सम्पूर्ण खर्च कामपाले गरेको जनाइएको छ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?