Trending
>>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु >>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन >>   लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर) >>   थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे >>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

तटबन्ध निर्माणपछि बस्ती जोखिममुक्त


तनहुँ।  विसं २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो । व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ ।

त्यस्तै, तटबन्ध निर्माणपछि पाटन क्षेत्रका छ सयभन्दा बढी परिवारले सुरक्षाको अनुभूति गर्न थालेका छन् । व्यास–५ पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ नदी कटानका कारण व्यास–५ पाटनका छ सय ६३ र व्यास व्यास–३ भतेरीका चार सय परिवार बाढीको जोखिमबाट मुक्त भएका बताउछन् । व्यास नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा तटबन्ध निर्माण गरिएको हो ।

“स्थानीयबासी बर्षाको समयमा ढुक्क भएर सुत्न र बस्न सक्ने भएका छन्”, पूर्वअध्यक्ष श्रेष्ठले भने । तटबन्ध निर्माणपछि नदी प्रभावित क्षेत्रका बासिन्दा खुसी भएका छन् भने नदी कटानले गर्दा पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेको व्यास नगरपालिका सूचना अधिकारी कुमारकञ्चन जिसीले बताए ।

त्यस्तै, व्यास–३ को भतेरीमा तटबन्ध निर्माण गरेपछि तनहुँ सदरमुकाम दमौली बजार पनि सुरक्षित भएको छ भने यसअघि नदीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसको गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएको थियो । व्यास–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब सोह्र किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण कार्य भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिए ।

सिद्धान्त अमन निर्माण कम्पनीले प्याकेज–१ रु आठ करोड ६३ लाखमा र प्याकेज–२ रु नौ करोड ३५ लाखमा काम गरिरहेको छ । उक्त योजनाको हालसम्म ४८ प्रतिशत प्रगति भएको डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए । विसं २०८१ भदौसम्म योजना सम्पन्न गर्ने लक्ष्य छ ।

मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार तथा गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न काम भइरहेको व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?