Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

मनाइयो सङ्घीय संसद् सेवा दिवस


काठमाडौं। विसं २०५८ मा निजामती सेवाबाट अलग भइ स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा सङ्घीय संसद् सचिवालयले आज सङ्घीय संसद् सेवा दिवस मनाएको छ । सिंहदरबारस्थित सचिवालयका विशेष समारोहका आयोजना गरी दिवस मनाइएको हो ।

नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ ।

त्यस्तै, निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । उक्त कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसद र कर्मचारीको सहभागिता रहेको रहेको थियोे । कार्यक्रममा सभामुख घिमिरेले संसद्को प्रभावकारिता बढाउन विगतको समीक्षासहित स्थायी कर्मचारीको गरिमामय भूमिका स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

उनले आफुहरु कर्मचारीको क्षमता र सक्रियतामा निहीत हुने जनाउँदै संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ रहेको छ ।

सभामुख घिमिरेले स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित रहेको उल्लेख गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सरकारले संसदलाई सीमा तोकेर नभइ मागका आधारमा बजेट निर्धारण गर्नुपर्ने बताए । सो अवसरमा मन्त्री गुरुङले संसद्का कर्मचारीको सुविधा वृद्धि गर्न प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने विश्वास दिलाए । उपसभामुख इन्दिरा रानाले कर्मचारीलाई विभेदरहित सुविधा दिलाउन पहल गर्नुपर्ने बताइन् ।

उक्त राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले वृत्ति विकासमा सचिवालयका कर्मचारीलाई प्रश्रय दिनुपर्नेमा जोड दिएकि छन् । मुख्य सचिव डा बैकुण्ठप्रसाद अर्यालले सरकारका काममा सघाउन र अनुगमन गर्न सचिवालयका कर्मचारीको भूमिका सक्रिय रहेकोे बताइन् ।

उक्त सचिवालयका आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्वासे जैसीले दिवसको केही दिनअघि महासचिवको राजीनामा आउनु र नयाँ नियुक्तिमा सचिवालयका लामो समय काम गरेकालाई प्राथमिकता नदिइएको गुनासो गरे । उक्त कार्यक्रममा दीर्घ सेवा पदक र खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियोे । सो अवरमा सचिवालयका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले उत्कृष्ट हुने कर्मचारीको नाम घोषणा गरेका थिए ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?