Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

मनाइयो सङ्घीय संसद् सेवा दिवस


काठमाडौं। विसं २०५८ मा निजामती सेवाबाट अलग भइ स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा सङ्घीय संसद् सचिवालयले आज सङ्घीय संसद् सेवा दिवस मनाएको छ । सिंहदरबारस्थित सचिवालयका विशेष समारोहका आयोजना गरी दिवस मनाइएको हो ।

नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ ।

त्यस्तै, निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । उक्त कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसद र कर्मचारीको सहभागिता रहेको रहेको थियोे । कार्यक्रममा सभामुख घिमिरेले संसद्को प्रभावकारिता बढाउन विगतको समीक्षासहित स्थायी कर्मचारीको गरिमामय भूमिका स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

उनले आफुहरु कर्मचारीको क्षमता र सक्रियतामा निहीत हुने जनाउँदै संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ रहेको छ ।

सभामुख घिमिरेले स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित रहेको उल्लेख गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सरकारले संसदलाई सीमा तोकेर नभइ मागका आधारमा बजेट निर्धारण गर्नुपर्ने बताए । सो अवसरमा मन्त्री गुरुङले संसद्का कर्मचारीको सुविधा वृद्धि गर्न प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने विश्वास दिलाए । उपसभामुख इन्दिरा रानाले कर्मचारीलाई विभेदरहित सुविधा दिलाउन पहल गर्नुपर्ने बताइन् ।

उक्त राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले वृत्ति विकासमा सचिवालयका कर्मचारीलाई प्रश्रय दिनुपर्नेमा जोड दिएकि छन् । मुख्य सचिव डा बैकुण्ठप्रसाद अर्यालले सरकारका काममा सघाउन र अनुगमन गर्न सचिवालयका कर्मचारीको भूमिका सक्रिय रहेकोे बताइन् ।

उक्त सचिवालयका आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्वासे जैसीले दिवसको केही दिनअघि महासचिवको राजीनामा आउनु र नयाँ नियुक्तिमा सचिवालयका लामो समय काम गरेकालाई प्राथमिकता नदिइएको गुनासो गरे । उक्त कार्यक्रममा दीर्घ सेवा पदक र खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियोे । सो अवरमा सचिवालयका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले उत्कृष्ट हुने कर्मचारीको नाम घोषणा गरेका थिए ।


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?