Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संसद् सेवा दिवसका अवसरमा रक्तदान


काठमाडौं। १७औँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन गर्ने झोला हस्तान्तरण गरेर सो कार्यक्रमको उद्घाटन गरेका छन् । उक्त सङ्घीय संसद् सेवा दिवस मूल समारोह समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

त्यसैगरी, हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आइएको छ । विसं २०५९ मङ्सिर २८ गते निजामती सेवाबाट संसद् सेवालाई अलग्गै विशेष सेवाका रुपमा छुट्याइएपछि यो दिवस मनाउन थालिएको हो ।

उक्त दिवसका अवसरमा सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ भने संसद् सचिवालयअन्तर्गत करिब तीन सय कर्मचारी छन् । सो दिवसका दिन उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?