Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वतमा


पर्वत। नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ ।

आज बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । सो सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ भने उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिएका छन् ।

त्यसैगरी, अध्यक्ष पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुङ्गामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताएका छन् । उक्त आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँ पुलमा पुगेर बिदाइ गरिने भएको छ भने सङ्कल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ ।

त्यस्तै, पर्वतमा आयोजित आमसभाको सबैजसो तयारी पूरा भएको छ । आमसभा अघि कुश्माबजारका चार वटा स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ भने फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानो बजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडिमा आयोजित सभामा परिणत हुने भएको छ ।

उक्त जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ सङ्गठनका छुट्टाछुट्टै र्‍याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिएका छन् ।

सो सङ्कल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुङ्गादेखि कास्की र पर्वतको सिमाना नयाँ पुलसम्म झकिझकाउ पारिएको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?