Trending
>>   दक्षिण सुडानमा दिगो शान्तिको लागि आह्वान गर्दै मनाइयो अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस >>   संयुक्त राष्ट्र संघद्वारा शहीद शान्ति सेनाको सम्झना >>   अमेरिकी पुनरावेदन अदालतद्वारा ट्रम्पको कर पुनःस्थापित >>   मौरिटानियन सिदी औलद ताह अफ्रिकी विकास बैंकको अध्यक्षमा निर्वाचित >>   भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु >>   अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुग्यो >>   टर्कीमा २३ इन्टरपोल–वान्टेड संदिग्धहरूलाई हिरासतमा लिइयो >>   मौसम : यी चार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल जेठ १७ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वतमा


पर्वत। नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ ।

आज बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । सो सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ भने उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिएका छन् ।

त्यसैगरी, अध्यक्ष पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुङ्गामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताएका छन् । उक्त आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँ पुलमा पुगेर बिदाइ गरिने भएको छ भने सङ्कल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ ।

त्यस्तै, पर्वतमा आयोजित आमसभाको सबैजसो तयारी पूरा भएको छ । आमसभा अघि कुश्माबजारका चार वटा स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ भने फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानो बजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडिमा आयोजित सभामा परिणत हुने भएको छ ।

उक्त जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ सङ्गठनका छुट्टाछुट्टै र्‍याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिएका छन् ।

सो सङ्कल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुङ्गादेखि कास्की र पर्वतको सिमाना नयाँ पुलसम्म झकिझकाउ पारिएको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?