Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सौराहामा गोही संरक्षण मेला हुने


चितवन। जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ । यही मङ्सिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो । अति सङ्कटापन्न अवस्थामा रहेको घडीयाल गोहीको संरक्षणमा स्थानीय समुदायको सहभागिता, वैज्ञानिक सूचनाबारे जानकारीका साथै समग्र गोही प्रजातिको दिगो सरक्षण रणनिति तयार गर्न मेला आयोजना गर्न लागिएको हो ।

त्यस्तै, नयाँ पिँढीमा सरक्षण संस्कृतिको विकास गर्न यो मेला आयोजना गर्न लगिएको मेलाकी संयोजक रञ्जना भट्टले जानकारी दिए । केयर अफ नेचरको आयोजनामा हुने उक्त मेलामा गोही प्रजातिसँग सम्बन्धी सूचनामूलक श्रब्य–दृश्य सामग्री, पोस्टर, चित्रकला तथा सूचना केन्द्रको अवलोकनका साथै स्थानीय कला, संस्कृति र खानाका परिकारलगायत स्टल राखिने छ भने सो मेला अवधिभर संरक्षणसम्बन्धी नाटक, गीत नृत्यलगायत कार्यक्रम गरिनाका साथै विभिन्न आठ विद्यालयमा संरक्षण शिक्षा सञ्चालन गरिने भएको उनले बताए ।

उक्त मेलाले पर्यटकलाई आकर्षण गर्नाका साथै गोही प्रजातिको संरक्षणमा मद्दत पुग्ने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ्ले बताएका छन् । नेपालमा घडीयाल र मगर गरी दुई प्रजातिका गोही पाइने गरेको छ । यिनीहरुको सङ्ख्या घट्दो क्रममा रहेको छ भने नेपालमा घडियाल गोही दुई सय ३९ वटा रहेको छ भने मगर गोहीको गणना हालसम्म भएको छैन् ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?