Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन


जुम्ला। जुम्लामा लागुऔषध रोकथाम तथा दुरुपयोग हुन नदिन जिल्ला लालटिन समन्वय डेक्स समिति गठन गरिएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिएका छन् ।

उक्त समितिको अन्य सदस्यमा चन्दननाथ नगरपालिका–४ का वडाध्यक्ष नवराज देवकोटा, नागरिक समाजका जिल्ला अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासङ्घका शाखा अध्यक्ष नेत्रबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका खरिदार रामकृष्ण पाण्डे, चन्दननाथ माविका शिक्षक पवन न्यौपाने, कर्णाली टिन चयालेन्ज ड्रग रिहाविलिटेशन समितिका अध्यक्ष सुवास बुढा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सनत न्यौपाने र अर्का एक प्रहरी सहायक निरीक्षक रहेका उनको भनाइ रहेको थियो ।

त्यस्तै, सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयबाट निर्माण गरिएको उक्त कार्ययोजनामा लागुऔषध विरुद्ध जुम्ला जिल्लामा हुने गतिविधि अनुगमन गर्न र आवश्यक नीति तथा कार्यक्रम बनाउन सो समिति गठन गरिएको उनको भनाइ थियो । पछिल्लो समय जुम्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सातवटा आर्थिक वर्ष २०७९/८० मा १२ वटा र गत साउनदेखि हालसम्म आठ वटा लागुऔषधका मुद्दा दर्ता भएकोे छ ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?