Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु


काठमाडौं। विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ ।

अतिरिक्त स्वास्थ्य सचिव डा. टङ्क बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रूपमा सुरुवात गरेका छन् । उक्त कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको दायरा बढाउने र तल्ला सरकारहरूको स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने लक्ष्य लिएको छ ।

विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको छ । त्यस्तै, पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास सङ्घबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रूपमा उपलब्ध हुने भएको छ ।

यस कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर, वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणालीमा सहयोग पुग्ने सचिव बाराकोटीले बताएका छन् भने यो कार्यक्रम सञ्चालन गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?