Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु


काठमाडौं। विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ ।

अतिरिक्त स्वास्थ्य सचिव डा. टङ्क बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रूपमा सुरुवात गरेका छन् । उक्त कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको दायरा बढाउने र तल्ला सरकारहरूको स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने लक्ष्य लिएको छ ।

विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको छ । त्यस्तै, पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास सङ्घबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रूपमा उपलब्ध हुने भएको छ ।

यस कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर, वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणालीमा सहयोग पुग्ने सचिव बाराकोटीले बताएका छन् भने यो कार्यक्रम सञ्चालन गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?