Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

तीन दिनदेखि अवरुद्ध मनमोहन गान्धी मार्ग सञ्चालन


पथरी,मोरङ। मङ्सिर १२ गतेदेखि अवरुद्ध भएको मनमोहन गान्धीमार्ग आजदेखि सञ्चालनमा आएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिकमा उक्त सडक निर्माणको सम्झौता भएकामा समयमै काम सम्पन्न नभएपछि स्थानीयले बाटो अवरुद्ध गरेका थिए भने अवरुद्ध मार्ग वडाध्यक्षको पहलमा आजदेखि सञ्चालनमा आएको हो ।

त्यस्तै, विसं २०७६ कात्तिकमा सम्झौता भएकामा निर्माण कम्पनीले काम नगरेपछि स्थानीयले पटक–पटक दबाब दिँदै आएका थिए । विसं २०८० कात्तिकमा म्याद थप गरे पनि काम सुरु नभएपछि स्थानीयले बाटो बन्द गरेका हुन् ।

एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का

निर्माण कम्पनीले स्थानीयको मागअनुसार काम सुरु गर्ने भएको छ । स्थानीयले पथरी शनिश्चरेको तीन स्थानमा बाटो अवरुद्ध गरेपछि स्थानीयवासी, प्रहरी प्रशासन, ठेकेदार कम्पनीका प्रतिनिधि र वडाध्यक्षबीचको वार्ता भएसँगै सडक सञ्चालनमा आएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताएका छन् ।

लामो समयदेखि हिलो, धुलो र खल्डाखुल्डीबाट सास्ती भोग्दै आएका स्थानीयले चाँडो बाटो बन्नुपर्ने माग राखेका थिए । आज त्रिपक्षीय वार्ताबाट दुई दिनभित्र काम सुरु गर्ने सहमति भएसँगै बाटो खुलेको उनले बताए ।

त्यसैगरी, वार्तामा पथरी शनिश्चरे–४ का वडाध्यक्ष न्यौपाने, वडा नं ८ का नवीन कार्की र वडा नं ९ का वीरबहादुर राई, ठेकेदार कम्पनीका प्रतिनिधि दीपक थिङ तामाङ, इलाका प्रहरी कार्यालय पथरी, सशस्त्र प्रहरी शनिश्चरे र स्थानीयको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?