Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

तीन दिनदेखि अवरुद्ध मनमोहन गान्धी मार्ग सञ्चालन


पथरी,मोरङ। मङ्सिर १२ गतेदेखि अवरुद्ध भएको मनमोहन गान्धीमार्ग आजदेखि सञ्चालनमा आएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिकमा उक्त सडक निर्माणको सम्झौता भएकामा समयमै काम सम्पन्न नभएपछि स्थानीयले बाटो अवरुद्ध गरेका थिए भने अवरुद्ध मार्ग वडाध्यक्षको पहलमा आजदेखि सञ्चालनमा आएको हो ।

त्यस्तै, विसं २०७६ कात्तिकमा सम्झौता भएकामा निर्माण कम्पनीले काम नगरेपछि स्थानीयले पटक–पटक दबाब दिँदै आएका थिए । विसं २०८० कात्तिकमा म्याद थप गरे पनि काम सुरु नभएपछि स्थानीयले बाटो बन्द गरेका हुन् ।

एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का

निर्माण कम्पनीले स्थानीयको मागअनुसार काम सुरु गर्ने भएको छ । स्थानीयले पथरी शनिश्चरेको तीन स्थानमा बाटो अवरुद्ध गरेपछि स्थानीयवासी, प्रहरी प्रशासन, ठेकेदार कम्पनीका प्रतिनिधि र वडाध्यक्षबीचको वार्ता भएसँगै सडक सञ्चालनमा आएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताएका छन् ।

लामो समयदेखि हिलो, धुलो र खल्डाखुल्डीबाट सास्ती भोग्दै आएका स्थानीयले चाँडो बाटो बन्नुपर्ने माग राखेका थिए । आज त्रिपक्षीय वार्ताबाट दुई दिनभित्र काम सुरु गर्ने सहमति भएसँगै बाटो खुलेको उनले बताए ।

त्यसैगरी, वार्तामा पथरी शनिश्चरे–४ का वडाध्यक्ष न्यौपाने, वडा नं ८ का नवीन कार्की र वडा नं ९ का वीरबहादुर राई, ठेकेदार कम्पनीका प्रतिनिधि दीपक थिङ तामाङ, इलाका प्रहरी कार्यालय पथरी, सशस्त्र प्रहरी शनिश्चरे र स्थानीयको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?