Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

वडाध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध


पथरी। मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो ।

विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन । रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो भने कम्पनी काम छोडि बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयवासीले ढाड लगाएर बन्द गरेका छन् । त्यस्तै, पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । वडाध्यक्षहरू लोककिरण न्यौपाने, नवीन कार्की र वीरबहादुर राईले कन्ट्रक्सनले काममा ठिलासुस्ती गरेको भन्दै दबाब दिँदै आएका छन् भने आज मनमोहन गान्धी मार्गमा स्थानीयवासीले ढाँट लागाएर बाटो अवरोध गरेका छन् ।

त्यस्तै, पथरी शनिश्चरे नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका हुँदै भारतको सीमा छुने ३० किलोमिटरको बाटो लामो समयदेखि अलपत्र हुँदै आएको छ । हुदाहुदैको कालोपत्र उकाएर अलपत्र पारिएको बाटाका कारण स्थानीयवासीले लामो समयदेखि हिलो, घुलो र खाल्डाखुल्डिको समस्या भोग्दै आएका छन् । निर्माण सुरु नभएसम्म बाटो अबरुद्ध गर्ने भन्दै स्थानीयवासीले बाटैमा धर्ना दिएका छन् ।

बन्द कर्ता र प्रहरीबीच छलफल भए पनि स्थानीय सरकारले बाटो खोल्न चासो दिएको छैन । यता बाटो निर्माणका क्रममा ड्रेन निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले रकम पाएका छैनन् । कान्छाराम कन्ट्रक्सनले भने हालसम्म करिब रु २७ करोड रकम लगिसकेको हुलाकी राजमार्ग निर्देशानलय इटहरीले बताएको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?